२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

ग्लोबल

भाजपाको नयाँ अध्यक्ष डिसेम्बरमा चुनिने


१३ भाद्र २०७६, शुक्रबार ००:००

0
Shares


नयाँ दिल्ली, १३ भदौ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को नयाँ अध्यक्षको चयन आगामी डिसेम्बरमा हुने भएको छ ।

पार्टीका कार्यबाहक अध्यक्ष जेपी नाड्डाले निर्वाचनमार्फत् डिसेम्बरमा नयाँ अध्यक्षको चयन हुने बिहीबार जानकारी दिएका हुन् ।

आउँदो अक्टोबर १० देखि ३० तारिखसम्ममा पार्टीको बुथस्तरीय निर्वाचन हुने तय भएको उनले बताए ।

पत्रकार सम्मेलनमा उनले भने, “जिल्ला समितिको निर्वाचन भने नोभेम्बरमा र राज्यस्थरको निर्वाचन त्यसपछि हुने तय भएको छ ।”

पार्टीको महाधिवेशन डिसेम्बर महिनामा गर्ने तयारी भएको उनले जानकारी दिए । अहिलेका अध्यक्ष अमित शाह केन्द्रीय गृह मन्त्री भएपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने भएको हो । उनी सन् २०१४ देखि पार्टीको अध्यक्ष भएका थिए ।

रासस\एएनआई

प्रकाशित : १३ भाद्र २०७६, शुक्रबार ००:००