१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

मोबाइल पसलमा आगलागी हुँदा रु दुई लाख क्षति



उर्लाबारी (मोरङ), ३ भदौ । सुन्दरहरैंचा नगरपालिका– ८ सलकपुरका विजय बरालका घरमा रहेको मोबाइल पसलमा गए राति आगलागी हुँदा करिब रु दुई लाख बराबरको क्षति भएको छ ।

सुन्दरहरैंचा– ५ घर भएका राम थापाले भाडामा लिएर सञ्चालन गरेको उक्त पसलमा राति ८ बजेतिर विद्युत् चुहिएर भएको आगलागीबाट थापाका विभिन्न किसिमका इलेक्ट्रोनिक्स सामान जलेको इप्रका बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो । आगो प्रहरी चौकी विराटचोकबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित : ३ भाद्र २०७४, शनिबार ००:००