१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

अस्वीकृत आन्दोलनका डा श्रेष्ठ सम्मानित



काठमाडौँ, ३ भदौ । सहित्यकार डा कविताराम श्रेष्ठलाई प्रवासी नेपाली साहित्य समाज (प्रभात) ले सम्मान गरेको छ ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सम्मानपत्र हस्तान्तरण गर्दै साहित्यकार डा श्रेष्ठले नेपाली साहित्यका क्षेत्रमा दिनुभएको योगदानलाई नेपाली साहित्य जगत्ले सधै सम्झिरहने बताउनुभयो । उहाँले डा श्रेष्ठको नयाँ पुस्तक ‘लाइट अफ दि हिमालय’(हिमालको प्रकाश)को विमोचन पनि गर्नुभयो ।

सो कृतिका बारेमा राजेन्द्र क्षेत्री, डा रुपक श्रेष्ठ, एलिजावेथ इभान र मुलीवीर राईले समीक्षा गर्नुभयो । साहित्यकार डा श्रेष्ठका बारेमा मुलीवीर राईद्वारा निर्मित वृत्तचित्र प्रदर्शन गरिएको थियो । डा श्रेष्ठले आफू बिरामी भएकाले विमोचित पुस्तक आफ्नो अन्तिम कृति भएको बताउनुभयो । प्रभातका पूर्वअध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले डा श्रेष्ठले अस्वीकृत जमात आन्दोलन चलाएको जानकारी दिनुभयो ।
डा श्रेष्ठका ३७ पुस्तक कृतिलगायत उहाँद्वारा निर्मित दुई दुई चलचित्र र वृत्तचित्र छन् । उहाँले अतिथि प्राध्यापनलगायत अधिकांश समय साहित्य क्षेत्रमा बिताउनुभएको छ । उहाँ हाल बेलायतको वकिङमा एक दशकदेखि बस्दै आउनुभएको छ ।

प्रकाशित : ३ भाद्र २०७४, शनिबार ००:००