१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

स्थलगत निरीक्षण



सप्तरी, २ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृषि विकासमन्त्री रामकृष्ण यादव तथा सिँचाइमन्त्री सञ्जयकुमार गौतमले सप्तरीका बाढीपीडितका अवस्थाबारे आज राजविराजमा पुगेर स्थलगत जानकारी लिनुभएको छ ।

राजविराजमा आयोजित कार्यक्रममा उहाँहरुले जिल्लाका कृषि तथा सिँचाइ र बाढीपीडितको अवस्थाबारे जानकारी लिँदै पीडितको स्वास्थ्योपचार, खाद्यान्न, बसोबास र सुरक्षाको उचित प्रबन्ध मिलाउन सम्बन्धित सरकारी कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो । मन्त्रीद्वयसँगै सम्बन्धित मन्त्रालयका सचिव र अन्य पदाधिकारीसमेत आउनुभएको थियो ।

प्रकाशित : २ भाद्र २०७४, शुक्रबार ००:००