विराटनगर, २ भदौ । सिर्जना फाइनान्स लिले मोरङको ग्रामथान गाउँपालिकाको नेताचोकमा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
सो गाउँपालिका अध्यक्ष शिवनारायण माझी र फाइनान्सका सञ्चालक सुवास आचार्यले सो शाखाको उद्घाटन गर्नुुभयो । कसेनी, बाहुनी, सोमबारे डंग्राहा, सिशबनी बडहरा हरैचा, मृगौलिया झोराहाट, तेतरिया, मोतीपुर, र थलाहाका ग्रामीण भेगका जनतालाई सहज र सरल बैकिङ कारोबार दिने उद्देश्यले सो शाखा सञ्चालनमा ल्याइएको छ ।
प्रतिक्रिया