१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

राहत ढुवानीको समस्या प्रतिष्ठानले हल गर्ने



काठमाडौँ, २ भदौ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले बाढीपहिरो तथा प्राकृतिक प्रकोपबाट प्रभावित भएकालाई सहयोग गर्न विभिन्न संघसंस्था तथा उद्योगीलाई आग्रह गरेको छ ।

यहाँ आज खाद्य सामग्री आपूर्तिकर्ता, ट्यांकर व्यवसायी, औषधि उत्पादक व्यवसायीलगायत प्रतिनिधिसँगको छलफलमा प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले प्रभावितलाई अहिले प्रारम्भिक चरणको राहतको खाँचो औँल्याउँदै उद्यमीले मानवीय सेवाका लागि उदारता देखाउनुपर्ने बताउनुभयो । उहाँले धेरै उद्योगीले राहत सामग्री उपलब्ध गराउन वचनबद्धता प्रकट गरे पनि ढुवानीको समस्या देखिएकाले त्यसबारे प्रतिष्ठानले व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।

नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले बाढीपहिरो पीडितलाई आफ्नो संस्थाले केही दिनमा आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउने बताउनुभयो । अन्तक्र्रियामा सहभागी वक्ताले गैरसरकारी संस्था तथा निजी क्षेत्रले सरकारसँग समन्वय गरी विपद्मा परेका नागरिकलाई सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित : २ भाद्र २०७४, शुक्रबार ००:००