२९ माघ २०८१, मंगलबार । February 11, 2025

मुख्य खबर

तिलोत्तमाबाट बाढीपीडितलाई राहत



तिलोत्तमा, २ भदौ । रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाले स्थापना गरेको ‘तिलोत्तमा नगरप्रमुख दैवी प्रकोप राहत कोष’बाट नगरपालिका वडा नं. १ र ८ का बाढी पीडित परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा नगर प्रमुख वासुदेव घिमिरेले वडाध्यक्षलाई राहत रकम हस्तान्तरण गरेपछि वडाध्यक्षले पीडित परिवारलाई रकम प्रदान गर्नुभएको हो । बाढीबाट पीडित ४४ परिवारलाई प्रतिपरिवार रु पाँच हजारका दरले रकम प्रदान गरिएको हो । बाढीबाट वडा नं १ का दश तथा वडा नं ८ का ३४ परिवार पीडित भएका थिए ।

राहत कोषमा रु चार लाख

कोषमा झण्डै रु चार लाख संकलन भएको छ । दैवीप्रकोप तथा विपद् व्यवस्थापनमा सहयोग पु¥याउन नगर कार्यपालिकाको बैठकले कोष स्थापना गरेको हो । कोष सञ्चालनका लागि नगर प्रमुख घिमिरेको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
कोषको मिसन डेभलपमेन्ट बैंक लि ड्राइभरटोल शाखामा खाता खोलिएको छ । खाता नं. १००२एल००११०००७१८ मा आफ्नो गच्छेअनुसारको रकम जम्मा गरी मानवीय सेवामा जुट्न नगरपालिकाले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित : २ भाद्र २०७४, शुक्रबार ००:००