७ फाल्गुन २०८१, बुधबार । February 19, 2025

मुख्य खबर

बाढी समस्या दीर्घकालीन रुपमा समाधान गर्न पहल



तुलसीपुर (दाङ), १ भदौ । नेकपा (एमाले) स्थायी कमिटी सदस् शंकर पोखरेलले तुलसीपुर– १३ दमारगाउँ र तुलसीपुर– ११ मोतीपुरको बाढीग्रस्त क्षेत्रको आज निरीक्षण गर्दै बाढी समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि पहल गरिने बताउनुभएको छ ।

पार्टीका तर्फबाट बाढीपीडितका लागि सबै सांसद्बाट एक दिन बराबरको पारिश्रमिक दिने निर्णय भइसकेको जानकारी दिँदै मृतक परिवारलाई राहतस्वरुप रु पाँच लाख दिनका लागि सरकारको ध्यानाकर्षण गराइने बताउनुभयो । पूर्वमन्त्री पोखरेलले घर भत्केकालाई पुनःनिर्माणका लागि राहतस्वरुप रु तीन लाख र सहुलियत ऋणस्वरुप रु तीन लाख दिनका लागि पनि सरकारसँग माग गरिने बताउनुभयो ।

प्रकाशित : १ भाद्र २०७४, बिहिबार ००:००