४ फाल्गुन २०८१, आइतबार । February 16, 2025

मुख्य खबर

महान्यायाधिवक्ताको शपथ शुक्रबार



काठमाडौँ, १ भदौ । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता नियुक्तिका लागि बुधबार सिफारिस गरिनुभएका वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीको शपथ कार्यक्रम शुक्रबार तोकिएको छ ।

नेपालको संविधानअनुसार महान्यायाधिवक्ता नियुक्तिका लागि प्रधानमन्त्रीले सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । विसं २००२ मा काठमाडौँको ठमेल गल्कोमा जन्मनुभएका भण्डारीले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको छ । उहाँले विसं २०३० देखि वकालत शुरु गर्नुभएको हो । उहाँले नेपाल बार एशोसिएसनको केन्द्रीय सदस्य हुँदै अध्यक्षमा समेत प्रतिस्पर्धा गर्नुभएको थियो ।
वरिष्ठ अधिवक्ता भण्डारीले रासससँग कुरा गर्दै संविधान र कानुनअनुसार आफ्नो अनुभव र क्षमतालाई प्रयोग गरेर सकेसम्म प्रभावकारी ढंगले सरकारी मुद्दामा प्रतिरक्षा गरिने प्रतिबद्धता गर्नुभयो ।

प्रकाशित : १ भाद्र २०७४, बिहिबार ००:००