७ फाल्गुन २०८१, बुधबार । February 19, 2025

मुख्य खबर

राहत वितरण



भद्रपुर, १ भदौ । बाढीबाट ज्यान गुमाएका छ जना पीडित परिवारलाई जिल्ला दैवी प्रकोप उद्धार समिति झापाले आज प्रतिपरिवार रु दुई लाखका दरले राहत वितरण गरेको छ ।

समितिले आज झापा गाउपालिका–२ का मृतक कालीप्रसाद राजवंशीका परिवार, धनमाया घोरसानेका परिवार, वडा नं.३ कमला दर्नालका परिवार, बेदकुमारी दर्नालका परिवार र वडा नं.४ का कुल्सुम खातुनका परिवारलाई प्रति परिवार रु दुई दुई लाखका दरले राहत उपलब्ध गराएको हो ।

झापा गाउंपालिकामा सांसद केशवकुमार बुढाथोकी र प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीले सो रकम हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा सांसद बुढाथोकीले अविरल वर्षाका कारण आएका बाढीबाट अकालमा ज्यान गुमाउने परिवारमा सरकारले राहतस्वरुप गरेको सहयोगको सरहाना गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तिवारीले मृतक परिवारमा उपलब्ध गराएको राहत थोरै भएपनि पीडाको बेलामा निकै ठूलो काम गर्ने वताउनुभयो ।

प्रकाशित : १ भाद्र २०७४, बिहिबार ००:००