२ फाल्गुन २०८१, शुक्रबार । February 14, 2025

मुख्य खबर

सोह्र वर्षपछि फरार अभियुक्त पक्राउ



मेलम्ची, १ भदौ । मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट बहुविवाह मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले आज पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक जिल्ला अदालतले २०५८ सालमा बहुविवाहका कसुरमा रु एक हजार जरिवाना र एक महिना कैद सजाय सुनाइएका मेलम्ची नगरपालिका–१२ का गोकुल भट्टराईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो । दोषी भट्टराईलाई आजै जिल्ला अदालत चौतारामा बुझाइएको छ ।

प्रकाशित : १ भाद्र २०७४, बिहिबार ००:००