काठमाडौँ, १ भदौ । गणतन्त्र इण्डोनेशियाको ७२औँ स्वतन्त्रता दिवसका अवसरमा आज यहाँस्थित इण्डोनेशियाको वाणिज्य दूतावासमा उक्त मुलुकको झण्डा फहराइयो ।
नेपालका लागि इण्डोनेशियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले झण्डोत्तोलन गर्नुभयो ।
नेपाल र गणतन्त्र इण्डोनेशियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचका आपसी कूटनीतिक एवं आर्थिक सम्बन्ध निरन्तररुपमा अघि बढिरहेको छ ।
प्रतिक्रिया