८ फाल्गुन २०८१, बिहिबार । February 21, 2025

मुख्य खबर

मुद्दा फस्र्योटबाट दुई करोड ४३ लाख राजश्व



पोखरा, १ भदौ । कास्की जिल्ला अदालतले आर्थिक वर्ष २०७३÷७४ मा तीन हजार ५२२ वटा मुद्दा फस्र्योट भएका छन् ।

अघिल्लो आवबाट सरेका एक हजार ३५१ मुद्दा र यस वर्ष परेका तीन हजार १४७ गरी कूल चार हजार ६९८ मुद्दा परेकामा फस्र्योट हुन बाँकी एक हजार १४६ वटा मुद्दा भने चालू आव २०७४÷७५ का लागि सरेको अदालतका शाखा अधिकृत भोलाराज रेग्मीले जानकारी दिनुभयो ।

सो अवधिमा अदालतले रु दुई करोड ४३ लाख ८१ हजार राजश्व संकलन गरेको छ । जरिवानाबाट रु ५६ लाख ९३ हजार, अदालत शुल्कबाट रु ८७ लाख २३ हजार र अन्यबाट रु ९९ लाख ६४ हजार राजश्व संकलन गरेको थियो ।

प्रकाशित : १ भाद्र २०७४, बिहिबार ००:००