८ फाल्गुन २०८१, बिहिबार । February 21, 2025

मुख्य खबर

बुटवल उपमहानगरको प्रथम नगरसभा सुरु



बुटवल, ३२ साउन । बुटवल उपमहानगरपालिकाको पहिलो नगरसभा आजदेखि यहाँ सुरु भएको छ । गत असार १४ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमार्फत चुनिएका जनप्रतिनिधिको नगरसभाको पहिलो बैठक बसेको हो ।

नगरकार्यपालिकामार्फत नगरसभा सञ्चालन कार्यविधि पारित गर्दै आज बिहानदेखि बुटवल उपमहानगरपालिकाको पहिलो नगरसभा सुरु भएको थियो ।

नगर प्रमुख शिवराज सुवेदीले संसदको बैठक सरह नगरसभा सञ्चालन गर्दै धन्यवाद प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । नगरको आ.व. २०७४÷०७५ को नीति तथा कार्यक्रम उपप्रमुख गोमादेवी आचार्यद्वारा प्रस्तुत भएको थियो ।

कृषि, पर्यटन, उद्योग व्यापार तथा व्यवसाय, सहकारी, वित्तीय क्षेत्र, सीप विकास तथा रोजगार प्रवद्र्धन, आयआर्जन, युवा तथा खेलकुद, शिक्षासम्बन्धी नीति संघसंस्था समन्वय तथा परिचालन, साहित्य कला संस्कृति प्रवद्र्धन, सामाजिक परिचालन र जनस्वास्थ्य प्रवद्र्धनलगायतका विभिन्न विषयहरु नीति तथा कार्यक्रममा समेटिएको उपमहानगरपालिकाको कार्यपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

यसैगरी, पूर्वाधार तथा भौतिक विकास, वातावरण तथा विपत व्यवस्थापन, वित्तीय व्यवस्थापन तथा सुशासन, सार्वजनिक सेवा, सुशासन प्रवद्र्धन तथा क्षमता विकास, सामाजिक विकास सम्बन्धी नीति, लक्षित समूह विशेष नीतिलाई नगरको आव ०७४÷०७५ को नीति तथा कार्यक्रममा समेटिएको प्रवक्ता शर्माले बताउनुभयो ।

नगरसभामा कार्यविधि पारित गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको र संशोधनका लागि समय छुट्टाछुट्टै थियो । बेलुका तोकेको समयसम्म १० वटा संशोधन परेको बताइएको छ ।

प्रकाशित : ३२ श्रावण २०७४, बुधबार ००:००