८ फाल्गुन २०८१, बिहिबार । February 21, 2025

मुख्य खबर

नेपा : राष्ट्रिय पार्टीको अध्यक्षमा डा सैजु निर्वाचित



काठमाडौँ, ३० साउन । नेपाः राष्ट्रिय पार्टीको अध्यक्षमा डा विजय सैजु निर्विरोध निर्वाचित हुनुभएको छ ।

पार्टीको दोस्रो महाधिवेशनले उहाँको नेतृत्वमा ४३ केन्द्रीय सदस्य मनोनयन गरेको छ । विसं २०६४ माघ ३० गते स्थापना भएको सो पार्टीले ‘जनताको राष्ट्रवाद’लाई आदर्श मानेको छ ।

पार्टीमा ५१ केन्द्रीय सदस्यको व्यवस्था गरिएकामा आठ जनालाई पछि मनोनीत गरिनेछ । विगतमा १३ पदाधिकारीको व्यवस्था गरिएको भए पनि यस पटक पदाधिकारी सङ्ख्या बढ्न सक्ने बताइएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले पदाधिकारीको चयन गर्नेछ ।

नवनिर्वाचित अध्यक्ष डा सैजुले सोही पार्टीका महासचिव पदको जिम्मेवारी पूरा गरिसक्नुभएको छ । अध्यक्ष डा सैजुले आगामी दिनमा जनताको सेवालाई केन्द्रमा राखेर सामाजिक कार्य तथा विभिन्न राजनीतिक कार्यक्रम गरी पार्टीलाई देशव्यापी रुपमा सशक्त बनाइने बताउनुभयो ।

स्थानीय तहको निर्वाचन बहिष्कार गरेको सो पार्टीले प्रादेशिक र केन्द्रीय चुनावमा सहभागिता जनाउने बताएको छ ।

प्रकाशित : ३० श्रावण २०७४, सोमबार ००:००