१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

मुख्य खबर

महतलाई कामु प्रधानसेनापतिको जिम्मेवारी



काठमाडौँ, १४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महतलाई कामु प्रधानसेनापति तोक्नु भएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्री संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा हुन लागेको ‘चिफ अफ डिफेन्स’ र त्यसपछि बेलायतको सेनाध्यक्षको औपचारिक निमन्त्रणामा सहभागी हुन यही असार १६ गते संयुक्त राज्य अमेरिकातर्फ र असार २६ गते बेलायततर्फ प्रस्थान गरी असार ३१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रधानसेनापति क्षत्रीको अनुपस्थिति अवधिभर सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले महतलाई कामु प्रधानसेनापति तोकनुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००