२१ कार्तिक २०८१, बुधबार । November 6, 2024

मुख्य खबर

जापानमा भूकम्प



टोक्यो, १४ असार । जापानको उत्तरी प्रान्त होक्काइदोमा बुधबार ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । स्थानीय समयाअनुसार बुधबार राति ९ बजे सो भूकम्प गएको जापानी मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

हालसम्म यस भूकम्पको कारण मानवीय र सम्पत्तिको क्षतिको कुनै समाचार प्राप्त नभएको जनाइएको छ । साथै भूकम्पपछि सुुनामी चेतावनी पनि दिइएको छैन ।

जापानमा सन् २०११ को मार्च महिनामा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा परी करिब १९ हजार व्यक्ति मारिएका थिए ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००