काठमाडौँ, २० माघ । साताको पहिलो दिनमै धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.५७ विन्दुले घटेर एक हजार १५३.०६ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७२ विन्दुले घटेर २४५.०८ विन्दुमा झरेको छ । कारोवार रकममा भने केही वृद्धि भएको…