कञ्चनपुर, १६ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरमा नेकपा (माओवादी) केन्द्रले विजयी सुरुवात गरेको छ ।
जिल्लाका नौ स्थानीय तहका ९२ वडामध्ये सबैभन्दा पहिले नेकपा (माओवादी केन्द्र)ले लालझाँडी गाउँपालिका–६ मा विजयी सुरुवात गरेको हो । नेकपा (माओवादी केन्द्र)का तर्फबाट लालझाँडी गाउँपालिका–६ का अध्यक्ष फुलाराम चौधरीसहित पूरै सदस्य प्यानल विजयी भएको छ ।
लालझाँडी गाउँपालिका मतदान अधिकृत हरिकृष्ण अवस्थीले माओवादी केन्द्रको प्यानल विजयी भएको बताउनुभयो । उहाँका अनुसार माओवादी केन्द्रका वडाध्यक्ष चौधरीले सबैभन्दा बढी ३४१ मत ल्याई वियजी भएका छन् ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जितराम चौधरीले ३१९ मत ल्याएका थिए ।
यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–१ मा पूरै प्यानलसहित नेकपा (माओवादी) केन्द्रका वडाध्यक्षका उम्मेदवार रतनबहादुर शाही विजयी हुनुभएको छ । वडा नं १ को एक हजार ४४१ मत गणना हुँदा शाहीले ४८३ मत ल्याई विजयी हुनुभएको छ ।
प्रतिक्रिया