२३ माघ २०८१, बुधबार । February 5, 2025

मुख्य खबर

गाईको शान्तिका लागि श्रीमद्भागवत



काठमाडौँ, १५ असार । गोकर्णेश्वर नगरपालिका–१ स्थित ‘ओम गाई फार्म’ मा विद्युत् चुहिई मरेका गाईको आत्माको शान्तिका लागि श्रीमद्भागवत लगाइएको छ ।

विश्व हिन्दू महासङ्घ, राष्ट्रिय धर्मसभा नेपाल, नेपाल पुरोहित सङ्घ, ‘ॐकार वाणी’ धार्मिक पत्रिकाले संयुक्त रुपमा बुधबार आयोजना गरेको उक्त कार्यक्रममा शास्त्रीय विधि अनुसार शान्ति पाठ गरिएको थियो । उक्त स्थानमा ५४ ब्राह्मणले दक्षिणबिना वेद पाठ गर्नुभएको छ । वैदिक परम्परामा गाईलाई लक्ष्मी तथा माताका रुपमा सम्मान गरिन्छ ।
सो अवसरमा.बाल्मिकि क्याम्पसका धर्मशास्त्र विभाग प्रमुख देवमणि भट्टराईले पूजाका लागि आवश्यक वैदिक विधि तथा परम्पराबारे निर्देशन दिनुभएको थियो । धर्मसभा नेपालका सचिव अरुणकुमार पाण्डेले दुर्घटनामा गाई मर्नु तथा मठमन्दिर भत्किनु अनिष्टको सङ्केत भएको बताउँदै मुलुकमा कुनै पनि नराम्रा घटना नहोस् र दुर्घटनामा परेका गाईले शान्ति पाऊन् भनेर सो पूजा गरिएको जानकारी दिनुभयो । यही असार ३ गते उक्त फार्ममा ५१ गाई मरेका थिए ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००