रसुवा, १५ असार । विपद् व्यवस्थापनलाई सहज पार्न नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाले पाँच वर्षे कार्यनीति पारित गरेको छ ।
रेडक्रसका जिल्ला सभापति बाबुलाल तामाङका अनुसार हिमाली जिल्ला रसुुवाको प्राकृतिक भूवनोट, जोखिमको अवस्था, उद्धार एवम् राहतमा भइरहेको प्रयास र भावी दिनमा अपनाउनुपर्ने सावधानीसमेतलाई विश्लेषण गर्दै केन्द्रीय प्रशिक्षकको अगुवाइमा यहाँका पदाधिकारीबीच भएको छलफलबाट पहिलोचोटि पाँच वर्षे कार्यनीति पारित भएको हो ।
सो कार्यनीतिमा मानवीय पीडालाई न्यूनीकरण गर्न उत्थान समाज निर्माण गर्ने, विपद्को पीडामा परेका नागरिकलाई उद्धार एवम् राहत व्यवस्थापनलाई थप सशक्त पार्ने तथा प्रकोप व्यवस्थापनका लागि जनचेतनालाई तीव्रता दिनेजस्ता कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताइएको छ ।
प्रतिक्रिया