कञ्चनपुर, १५ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निंगालीको दीपेन्द्र स्मृति सामुदायिक वन नजिकको काठेपुलमा राखिएको सकेट बम नेपाली सेनाको टोलीले बुधबार निष्क्रिय पारेको छ । नेपाली सेनाको निर्वाचन सुरक्षा बेसमा खटिएको टोलीले बम निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताउनुभयो ।
यसैगरी, सोही नगरपालिका–२ दोमिल्लातर्फ जाने ग्राभेल सडकमा राखेको सकेट बमसमेत नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रहरी निरीक्षक जोराले बताउनुभयो । “बम राख्नेहरुको खोजी तीव्र बनाइएको छ”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया