बुटवल, १४ असार । दोश्रो चरणअन्तर्गत आज भएको स्थानीय तहको निर्वाचन रुपन्देहीमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
रुपन्देहीको एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिकामा भएको सो निर्वाचनमा झन्डै ७० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
शान्तिपूर्ण, सौहार्दपूर्ण र मतदाताको उत्सापूर्वक सहभागितामा निर्वाचन सम्पन्न भएको छ, जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमनाथ गौतमले भन्नुभयो – “निर्वाचनप्रति जनतामा व्यापक उत्साह देखिएको थियो ।”
प्रमुख गौतमकाअनुसार जिल्लाका दक्षिण मर्चवार क्षेत्रमा मतदाताको उत्साह झनै राम्रो देखिएको र त्यस क्षेत्रमा झण्डै ७५ प्रतिशत मतदान भएका छन् । रुपन्देहीको एक मात्र बुटवल उपमहानगरपालिकामा पनि झण्डै ७५ प्रतिशत मतदान भएकोे प्रमुख निर्वाचन अधिकृत भरतभणि पाण्डेले बताउनुभयो ।
मतदानपछि अहिले अधिकांश मतदान केन्द्रमा मतपेटिकाको मुचुल्काको काम भइरहेको र त्यसपछि मतपेटिकालाई मतगणना स्थलमा सुरक्षितसाथ पु¥याउने पनि प्रमुख गौतमले बताउनुभयो ।
प्रतिक्रिया