टीकापुर, १२ असार । कैलालीको टीकापुर नगरपालिकामा आगामी बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सबै तयारी पूरा भएको छ ।
निर्वाचन अधिकृत मनप्रसाद रेग्मीका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेको छ । अहिले मतदाता परिचयपत्र बाँड्ने काम भइरहेको छ । आइतबारदेखि मतदाता परिचयपत्र बाँड्न सुरु गरिएको हो । अहिलेसम्म करिब ५० प्रतिशत मतदाता परिचयपत्र बाँडिएको रेग्मीले बताउनुभयो ।
उनन्चालिस हजार १९२ मतदाता रहेको टीकापुरमा १६ मतदान स्थलमा ४३ मतदान केन्द्र रहेका छन् । प्रत्येक मतदान केन्द्रमा १० देखि १५ सुरक्षाकर्मी तथा मतदान अधिकृतसहितका कर्मचारी खटिएका छन् । सतचालीस जनप्रतिनिधि चयनका लागि २९० जना चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
प्रतिक्रिया