पाँचथर । आसन्न स्थानीय तहको निर्वाचनमा पाँचथरबाट ३ सय १६ पदका लागि १ हजार २ सय ४८ जना उम्मेद्वार चुनावी मैदानमा उत्रेका छन ।
मुख्य निर्वाचन अधिकृत राजेन्द्रकुमार श्रेष्ठका अनुसार १ नगर पालिका ७ गाउँपालिकाका विभिन्न पदका लागि १२ सय ७० जनाको उम्मेद्वारी परेको भए पनि २२ जनाले भने आप्mनो नाम फिर्ता लिएका छन । अधिकृत श्रेष्ठका अनुसार अध्यक्ष वा मेयरका लागि ४५ पुरुष २ महिला गरी ४७ जना उपाध्यक्षका लागि १० पुरुष ३२ महिला गरी ४२, वडा अध्यक्षका लागि २ सय ५६ पुरुष ७ महिला गरी ६३ जना खुल्ला वडा सदस्यमा ४ सय ५९ पुरुष १७ महिला गरी ४ सय ४७, महिला सदस्यमा २ सय ३१ र दलित महिला सदस्यमा १ सय ८९ जनाले उम्मेद्वारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । कार्यालयका अनुसार सबभन्दा बढी फिदिम नगर पालिकामा ३ सय १७ जनाले र सब भन्दा कम तुम्बेवा गाउँपालिकामा ८८ जना चुनावी मैदानमा उत्रेका छन ।
जिल्लामा कुल १ लाख १६ हजार ६ सय २८ मतदाता १ सय मतदान स्थल र १ सय ५६ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।
असार १४ गते हुने निर्वाचनका लागि सबै तयारी पुरा भई सकेको सबै मतदान केन्द्रमा कर्मचारी सुरक्षा कर्मी निर्वाचनका लागि चाहिने सबै सामाग्री शनिबारसम्ममा पुगी सकेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए।
११ असार २०७४, आइतबार ००:००
0
Shares
प्रतिक्रिया