डोल्पा(दुनै), १० असार । मध्य असार कट्न लागिसक्दा पानी नपरेपछि ओक्ट गाउँका कृषकहरुले लगाएको बालीनाली सुक्नुका साथै रोगव्याधि बढेको छ ।
जेठको पहिलो हप्तादेखिनै राम्रोसंग पानी नपरेपछि डोल्पाको सदरमुकाम दुनैदेखि करिव ८० किलोमिटर पश्चिम तर्फ पर्ने ओक्ट गाउँमा लगाइएको बालीनाली सुक्न थालेको ओक्टबाट लालबहादुर बुढाले फोनमा बताए । उनले थपे बाली लगाएर दःुख मात्रै के गर्नु र पानी नपरेकाले सुकिसक्यो असारको १० बितिसक्दा पनि पानी नपरे पछि हामी देउधाम गर्न थालेका छौं ।
पानी नपरेपछि सबैभन्दा मकै बाली र आलु बालीमा असर परेको छ । जेठको सुरुमा पानी ठिकै परेकाले छरिएका अन्न बालीहरु राम्रै उमे्रको भए पनि ४ हप्ता भन्दा बढि पानी नपरेपछि उम्रेको कलिलो बालीको हरिबिजोग बनेको सर्मीबाट लंकबहादुर बुढाले फोनमा बताए ।
पानी नपरेर खडेरी भएपछि गाउँमा विभिन्न रोगहरु समेत फैलिएको छ । मुड्केचुला गाउँपालिकाका सर्मी, ओक्ट, होर्त, नर्कु, सुर, कालिका, इल लगायतका गाउंहरुमा टाउको दुख्ने, ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, नाकबाट रगत बग्ने छाती दुख्ने लगायतका लक्षण भएको रोगले गाउँका अधिकांश घरमा विरामी परेका छन् ।
विरामी परेपछि औषधिको बढि खपत भएको कारण सर्मी स्वास्थ्य चौकीमा अभाव सिर्जना भएकाले होला विरामीले औषधि पाउन नसकेको विरामीका आफन्तहरुले बताएका छन् । गाउँमा रोगले सताइरहेका बेला यार्चाकुन्भु टिप्ने पाटनबाट समेत विरामी फर्केकाले पनि विरामीको संख्या बढेको स्थानीयले बताएका छन् । यो सबै पानी नपरेर खडेरी परेकाले भएको हो ।
पानी नपरेपछि पानी पार्नका लागि सर्मी गाउँका स्थानीयहरुले सेपाने भन्ने तिर्थ गई नुहाईधुवाई गरेर माई देउताको पुजा गरेका छन् । त्यसै गरी विभिन्न गाउंमा राती जाग्राम बस्ने, पानी देउ भनेर भाकल गर्ने पुजाआजा गर्ने गरेको होर्तबाट नरबहादुर बुढाले बताए ।
१० असार २०७४, शनिबार ००:००
0
Shares
प्रतिक्रिया