नवलपरासी, १० असार । यहाँको प्रतापपुर गाउँपालिकामा चारजना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
प्रतापपुर गाउँपालिकाको वडा नं ६ बाट दुईजना खुला सदस्य, एक महिला सदस्य र एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत माधवप्रसाद ढुङ्गानाले बताउनुभयो ।
मनोनयनका क्रमका नेपाली काँग्रेसका तर्फबाट मात्र उम्मेदवारी भएपछि चारजना सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वडा सदस्यमा नगिना राजलाल राजभर र राजेन्द्र तेली तथा महिला सदस्यमा साहिदुन नेसा र दलित महिला सदस्यको पदमा प्रभावती चमार निर्विरोध निर्वाचित भएको अधिकृत ढुङ्गानाले बताउनुभयो ।
प्रतिक्रिया