काठमाडौँ । आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर मनाइँँदै छ ।
हरेक बर्ष यो श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । घरको मुल ढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङबाट बच्न सकिन्छ भन्ने जनविश्वास रहेको छ ।
यो पर्व वैदिककालबाट नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ ।
प्रतिक्रिया