काठमाडौं । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण टोलीमा पाँच जना मन्त्री सहभागी हुने भएका छन् । आज बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको टोली स्वीकृत गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार भारत भ्रमण टोलीमा पाँच जना मन्त्रीहरु सहभागी हुने छन् । टोलीमा परराष्ट्र, भौतिक पूर्वाधार, ऊर्जा, उद्योग । अर्थ रहने छन् ।
प्रतिक्रिया