काठमाडौं । टीकापुर घटनामा जन्मकैद सजाय भोगिरहेका रेशमलाल चौधरी गणतन्त्र दिवसको अवसरमा आज छुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर उनी कारागारबाट रिहा भएका हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद्ले चौधरीको १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको करिब १५ बर्ष जेल सजाय मिनाहा भएको छ ।
राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन सुरु भएको थियो । आन्दोलन चर्किदै जाँदा ०७२ भदौ ७ मा टीकापुरमा घटना भयो । टीकापुर घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।
घटनाका भोलीपल्ट रेशम लगायत थारु समुदायको सयौँ घरमा लुटपाट भएको थियो । टीकापुर घटनाको योजनाकारको रुपमा रेशमलाल चौधरीलाई जन्मकैद तोकेको थियो ।
घटनाको मुख्य योजनाकारको रुपमा आरोप लागेपछि उनी फरार भए । भूमिगत अवस्थामै २०७४ मंसिरमा भएको चुनावमा वारिसनामाबाट उम्मेदवारी दिए र विजयी भए ।
चौधरी कारागारबाट छुटेपछि सिधै मन्त्री क्वाटर गए । चौधरी पत्नि तथा भूमिसुधार मन्त्री रञ्जिता श्रेष्ठ मन्त्री क्वाटरमा बस्दै आएकाले चौधरी त्यहा पुगेका हुन ।
त्यस लगतै उनले माइतीघरमा मण्डला पुगेर नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरुलाई सम्बोधन गरे । उनी आजै गृहजिल्ला प्रस्थान गरेका छन् । कैलालीमा पनि उनीले पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गर्ने छन् ।
प्रतिक्रिया