काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मिति तय भएको छ । दुई देशका अधिकारीहरुको परामर्शमा जेठ १७ देखि २० गतेसम्म प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति तय भएको हो ।
प्रधानमन्त्री प्रचण्डको भारतको मिति तय भएपनि औपचारिक रुपमा भने सार्वजनिक भइसकेको छैन । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण बारे जानकारी दिन शुक्रबार वा शनिबार प्रेस रिलिज हुने स्रोतले उल्लेख गरेको छ ।
प्रतिक्रिया