रुकुम पश्चिम । रुकुम पश्चिममा जीप दुर्घना हुँदा १४ जना घाइते भएका छन् । घाईते मध्ये ५ जनाको अवस्था चिन्ता जनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
सानीभेरी गाउँपालिका घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप बाँफिकोट गाउँपालिका ८ दुलीमा दुर्घटना भएको हो ।
घाइतेहरुको उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले उल्लेख गरेका छन् ।
प्रतिक्रिया