२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

नक्कली भुटानी शरणार्थी प्रकरणमा एकीकृत समाजवादीले प्रदर्शन गर्ने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणको भ्रष्टाचार र राष्ट्रद्रोहका विरुद्ध थप संघर्षको कार्यक्रम अगाडि सारेको छ ।

बुधबार सम्पन्न उक्त पार्टीको मोर्चा संगठन विभागको नवौं बैठकले उक्त निर्णय गरेको हो । बैठक पार्टी उपमहासचिव तथा विभागका प्रमुख डा.विजय पौडेलको अध्यक्षतामा बसेको थियो ।

बैठकले जेठ १६ गते दिउँसो ४ बजे सबै जिल्लामा विरोध प्रदर्शन, ¥याली र कोणसभा गर्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकाको हकमा सोही मिति र समयमा माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय गरेको छ । त्यसका लागि मोर्चा संगठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटीलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

उक्त विभागले यसअघि पनि काठमाडौंसहित देशभर नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषीमाथि हदैसम्मको सजायँ माग गर्दै प्रदर्शन गरेको थियो ।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहिबार ००:००