२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

पूर्वगृहमन्त्री खाँणसंग थप बयान भोलि लिइने



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले थप बयान भोली लिने भएको छ ।  खाँणसँग आज बयान नसकिएपछि पुन भोली बयान लिइन लागेको हो ।

संगठित ठगी अपराधमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानका लागि जिल्ला अदालतबाट हिजो थप ४ दिन थुनामा राख्ने अनुमति लिएको छ ।

ययो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालिन गृहसचिव रहेका टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, रायमाझीका छोरा सन्दीप रायमाझी लगायत पक्राउ गरेर प्रहरीले अनसन्धान गरिरहेको छ भने अझै केहि फरार छन् ।

 

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार ००:००