२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ परेका छन् ।
नेपाल प्रहरीका विशेष व्यूरोले रायमाझीलाई काठमाडौंको बुडानीलकण्ठबाट पक्राउ गरेको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन नीतिगत निर्णय गराउन रायमाझीको भूमिका रहेको आरोप छ । रायमाझीलाई पक्राउ गर्न गत २० गते पक्राउ पूर्जी जारी भएको थियो । त्यसदिन अर्घाखाँची रहेको रायमाझी पक्राउ पुर्जी जारी भएको सूचना पाएसंगै त्यतैबाट फरार भएका थिए ।

शनिबार मात्र रायमाझी उपत्यका छिरेको प्रहरीले उल्लेख गरेको छ । उनीलाई एक व्यक्तिको घरबाट प्रहरीले पक्राउ गरेको हो ।
यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालिन गृहसचिव रहेका टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, रायमाझीका छोरा सन्दीप रायमाझी लगायत पक्राउ परिसकेका छन् । अझै केहि फरार छन् ।

प्रकाशित : ३१ बैशाख २०८०, आइतबार ००:००