२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

जनमतको कदर गर्दै रवि लामिछानेलाई रोजेको मन्त्रालय दिउँ : मन्त्री किराती



काठमाडौं । रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनु पर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएकाछन। शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् । होटल पौवामा आयोजित होटल शेवा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री किरातीले भने जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएकाछन् ।
यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनु पर्छ ।

त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु । हजारौं जनताको बलिदानी बाट प्राप्त यो व्यवस्थाले अझै जरा गाड्न सकेको छैन जसका कारण जनताको दिनदैनिकी दयनिय बन्दै गैरहेको छ । देशको अर्थतन्त्र जरजर अवस्थामा छ यसको सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गरौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको जुन अभिमत पायो । यो जनताको आक्रोस हो । मुख्यतः जिम्मेवार ठूला दलहरुको अकर्मण्यताको पराकाष्ठ हो । हामी राजनीतिको नाममा धेरै विभाजित भयौँ । अब देशलाई यो संकटबाट मुक्त गर्न सबै मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गरौँ ।
मन्त्री किरातीले गणतन्त्र नेपालमा राणकालीन कानुन बोकेर हिड्नु परेको समेत बताएकाछन । किराती भने ूएउटा व्यवसाय दर्ता गर्न ७ ओटा मन्त्रालय र २२ ओटा विभाग र सयौ टेबल पुग्नु पर्ने अवस्था छ । विदेशी पर्यटकलाई नेपाल भित्र्याउन झन्झटिलो नियम कानुनछन् । पैसामा चावि लगाएर मरूभूमिमा श्रम गर्न पठाउने हाम्रो नीतिमा मै खोट छ ।

युवालाई खाडी पठाएर तिनले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको छ तर तिनलाई नै आज प्लेनको टिकट महँगो भएकोले सास्ती भैरहेको छ।
मन्त्रालय र मन्त्रीलेले नीति बनाउँछ नेतृत्व गर्छ पर्यटन बोर्डले प्रवर्द्धन र प्रचार गर्छ ,पर्यटन विभागले संरचना बनाउँछ होटल व्यवसायीले पाहुनालाई कहिल्यै नविर्सने सेवा दिएपछि मात्रै पर्यटनको सुन्दर आधार बन्ने समेत मन्त्री किरातीले बताएकाछन ।

प्रकाशित : १६ बैशाख २०८०, शनिबार ००:००