२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

बारा २ मा मतगणना सुरु



बारा । बारामा पनि मतगणना सुरु भएको छ । बारा क्षेत्र नं. २ मा भउको उपचुनावको मतगणना सुरु भएको हो । शैक्षिक तालिम केन्द्रमा करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर वडाबाट गणना सुरु गरिएको छ ।

यहाँ सत्तारुढ गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा उम्मेदवार छन् ।

४ मंसिरमा निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो ।

 

प्रकाशित : ११ बैशाख २०८०, सोमबार ००:००