२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

सांसद ढाकाकुमारले अडिओ प्रकरणबारे पार्टीलाई दिए स्पष्टीकरण



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले आफ्नो अडिओ प्रकरणबारे स्पष्टीकरण पाठाएका छन् । उनीले पार्टीले दिएको २४ घण्टे अल्टिमेटमलाई नघाएर हिजोराती अबेर मात्र स्पष्टीरण पठाएका हुन् ।

उनले उक्त स्पष्टीकरणमा अडियो सम्पादन गरिएको जिकिर गरेका छन् ।

स्रोतले भन्यो, ‘स्पष्टरूपमा त्यो आवाज मेरो होइन भनिएको छैन, तर आवाज सम्पादन गरिएको भनिएको छ ।’

श्रेष्ठले मात्र एक अनुच्छेदको स्पष्टीकरण पार्टीले गर्ने कुनै पनि निर्णय आफूले स्वीकार्ने उल्लेख गरेका छन् ।

प्रकाशित : २८ चैत्र २०७९, मंगलबार ००:००