२७ आश्विन २०८१, आइतबार । October 13, 2024

Breaking

सबै धर्मप्रति मेरो समान सम्मान छ : मेटमणि चौधरी



दाङ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक एवं पूर्व मन्त्री मेटमणि चौधरीले सबै धर्मप्रति समान सम्मान रहेको बताएका छन् ।
लमहीमा इसाइ धर्मावलम्बीद्धारा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चौधरी भने, ‘मुलुक धर्म निरपेक्ष भइसक्दा समेत जनताको आस्थाका आधारमा विभेद गरिएको छ । कतै इसाइलाई निषेध गरिएको त कतै बौद्ध मार्गीहरुलाई । म हिन्दु, इसाइ, बौद्ध सबै आस्था मान्ने नेपाली जनतालाई समान सम्मान गर्छु ।’

इसाइहरुका लागि बजेट छुट्याउने आफू पहिलो सांसद भएको बताउँदै दाङ क्षेत्र नं. १ का प्रतिनिधि सभाका सांसद समेत रहेका चौधरीले थपे, ‘मैले इसाइ धर्मावलम्बीहरुका लागि बजेट छुट्याउँदा अनेकखाले प्रतिक्रिया भए । विरोध भए । तर हिन्दुका लागि बजेट विनियोजित गर्दा भने केही प्रतिक्रिया आएन ।’
नयाँ संविधानले जनतालाई धार्मिक स्वतन्त्रता दिएको बताउँदै उनले त्यसको सबैले कदर गर्नु पर्ने बताए ।

प्रकाशित : २७ चैत्र २०७९, सोमबार ००:००