१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Breaking

‘लाहुरेको रेलिमाई’ माथि दार्जिलिङमा विमर्श



दार्जिलिङ । विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरेको रेलिमाई’ माथि दार्जिलिङमा विमर्श भएको छ । मास्टर मित्रसेन थापा साहित्य कला संस्थानले मास्टर मित्रसेन थापाको ७७ औं पुन्य तिथिको अवसरमा आइतवार कार्यक्रम गरेको हो ।

विमर्शमा सुनिल प्रणामी राईले उपन्यासमाथि टिप्पणी राख्ने क्रममा लाउरेको रेलिमाई एक ऐतिहासिक युद्ध उपन्यास रहेको र साहित्यकार, संगितकार, नाटककार, तथा समाजसेवी मास्टर मित्रसेनको लाहुरे र गैरलाहुरे जीवनमा आधारित आख्यान भएको उनले बताए । प्रथम विश्वयुद्धमा स्वयंम मित्रसेन लगायत हजारौं हजार गोर्खाली सेनाले बाचेको जीवनको प्रतिविम्बलाई जीवन्तरुपमा चित्रण गरिएको यो कृति लाउरेमाथि लेखिएको एक महत्त्वपूर्ण र ऐतिहासिक कृति हो ।

उपन्यासका पात्रहरु यति जीवन्त छनकि मास्टर मित्रसेन फौजी जीवनवाट निवृत भएपछि नेपाली भाषा, साहित्यको उत्थान अनि नेपाली संगीत र नाटकको बिकास र तत्कालिन समाजमा जनजागरण ल्याउन उनले गरेको सर्घष र योगदानको बारेमा पुस्तकले समेटेको राईको टिप्पणीको सार थियो ।

उपन्यासकार विजय हितानले, आफूले छ वर्ष मास्टर मित्रसेनको लाहुरे र निवृतपछिको जिवनवारे साथै प्रथम विश्वयुद्धमा गोर्खालीको संलग्नताबारे अध्यन अनुसन्धान र भ्रमण गरेर लाहुरेको रेलिमाईलाई जन्माएको कुरा वताए ।

कार्यक्रमका प्रमुख वक्ता डाक्टर खगेन शर्माले आइ बि राई, बहादुरशिंह बराल, मगन पथिक इत्यादिको प्रेरणा र प्रोत्साहनले मास्टर मित्रसेन सफल भएको र मृत्युपश्चात बहुआयामिक व्यक्तित्वको रुपमा चर्चा बटुल्दै नेपाल र भारतका जनताबाट सम्मान प्राप्त गरेको बताए ।

उपन्यासको प्रकाशन सांग्रिला बुक्स काठमाण्डौंले गरेको हो ।

प्रकाशित : २७ चैत्र २०७९, सोमबार ००:००