फिदिम । जनसेवा समाजले पाँचथरले हिलिहाङ गाउपलिकाको एक विद्यालयका विपन्न ,जेहेन्दार तथ अपाङ्ग विद्यार्थीहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरेको छ । हिलिहाङ गाउपालिका ५ को मृदंगा झरना प्राथमिक विद्यालय सुभाङ सुम्लिबुङका ११ जना विपन्न तथा जेहेन्दार विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण गरेकोे हो ।
विद्यार्थीहरुलाई कपि, पेन, विद्यालय पोशाक र जुता मोजा सहित करिव १५ हजार मुल्य वरावरको आवश्यक शैक्षिक सामाग्रीहरु वितरण गरीकोे समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र सुहाङको अध्यक्षतामा विहिवार सम्पन्न कार्यक्रममा फिदिम खानेपानी उपभोक्ता समितिका अध्यक्ष गजाधर भट्टराईको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार महासंघका पुर्व अध्यक्ष लक्ष्मी गौतम, जनसेवा समाजका अध्यक्ष अधिकारी, समाज सेवि सुरेन्द्र सुहाङ, विद्यालय अभिभावक संघका अध्यक्ष टंकनाथ अधिकारी लगायतले वोलेका थिए ।
डिभिजन सडक कार्यालय इलामका इञ्जिनियर गणेश निरौलाको सहयोगमा उक्त सहयोग गरीएको समाजका अध्यक्षले बताए ।
११ बैशाख २०७४, सोमबार ००:००
0
Shares
प्रतिक्रिया