३० आश्विन २०८१, बुधबार । October 16, 2024

Breaking

कस्तो छ आजको मौसम ?



काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले आज देशका पहाडी भू-भागमा हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले बिहान देशका पहाडी भू(भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। भने आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू-भागको एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशका पहाडी भू९भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित : २६ चैत्र २०७९, आइतबार ००:००