३० आश्विन २०८१, बुधबार । October 16, 2024

Breaking

भारतमा कोरोना संक्रमण बाट १४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो समय भारतमा कोरोना संक्रमण हुनेहरुको संख्या ह्वातै बढेको छ । वितेका २४ घण्टामा भारतमा ६ हजार ५० जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाका सञ्चार माध्यमहरुले जनाएका छन् ।

योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २८ हजार नाघेको छ ।

यसअघि बिहीबार भारतमा ५ हजार ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा कोरोनाबाट भारतमा १४ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय भारतमा कोभिड(१९ को नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ फैलिइरहेको छ ।

प्रकाशित : २४ चैत्र २०७९, शुक्रबार ००:००