काठमाडौं। विश्वकप विजेता वेस्ट इण्डिजले पनि नेपालसँगै विश्वकप छनोट प्रतियोगिता खेल्ने भएको छ । सुपर लिगको शीर्ष ८ मा पर्न नसकेपछि वेस्ट इण्डिजले पनि विश्वकप छनोट खेल्नु परेको हो । सुपर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई १ सय ४६ रनले हराएसँगै वेस्ट इण्डिजले सोझै विश्वकप छनोट हुने मौका गुमायो ।
सुपर लिगबाट वेस्ट इण्डिजका साथै श्रीलंका, जिम्बाब्वे र नेदरल्याण्ड्सले विश्वकप छनोट खेल्नेछन् । १३ टोली सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्याण्ड, बंगलादेश, इंग्ल्याण्ड र अफगानिस्तान भने सोझै विश्वकपमा छनोट भइसकेका छन् ।
एक स्थानका लागि दक्षिण अफ्रिका र आयरल्याण्डको प्रतिस्पर्धा हुन बाँकी छ । लिग–२ बाट स्कटल्याण्ड, ओमान र नेपालले विश्वकप छनोटमा स्थान बनाए । अब ६ देश सम्मिलित प्लेअफ क्वालिफायरको शीर्ष दुई टिमले विश्वकप छनोट खेल्न पाउनेछन् । क्वालिफायरमा नामिबिया, जर्सी, क्यानडा, अमेरिका, यूएई र पपुवा न्यूगिनी ९पिएनजी० ले प्रतिस्पर्धा गरिरहेका छन् ।
यही वर्ष भारतमा हुने एकदिवसीय विश्वकपका लागि आगामी १८ जुनदेखि १८ जुलाईसम्म जिम्बाब्वेमा छनोट प्रतियोगिता हुँदैछ ।
प्रतिक्रिया