१९ माघ २०८१, शनिबार । February 2, 2025

Breaking

उपनिर्वाचनमा ‘क्लिन स्वीप’ गर्ने रास्वपाको उद्घोष



काठमाण्डौ । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनमा ‘क्लिन स्वीप’ गर्ने उद्घोष गरेको छ । विभिन्न कारण रिक्त रहेका तीन ठाउँमा आगामी बैशाख १० गते उपनिर्वाचन हुदैछ ।

उपनिर्वाचनका लागि रास्वपाले चितवन क्षेत्र नम्बर २ मा पार्टी सभापति रवि लामिछाने, तनहुँ १ मा अर्थशास्त्री स्वर्णीम वाग्ले र बारा २ मा नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेललाई उम्मेदवार बनाएको छ ।

योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका वाग्ले गत मंसिरको चुनावमा नेपाली कांग्रेसको चुनाव घोषणा पत्र मस्यौदा समितिका संयोजनक थिए । भने खरेल प्रहरीबाट रिटायर्ड भएलगतै देखि विभिन्न नागरिक अभियानमा सक्रिय छन् ।

वाग्ले र खरेलको साथले रास्वपा थप बलियो भएको पार्टी सभापति लामिछानेले उद्घोष गरेका छन् । उम्मेदवार घोषणा गर्न शनिबार अपरान्ह् पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा सबै राजनीतिक दल आफ्नो नीति र सिद्धान्तका आधारमा जनतामा जानुपर्ने उल्लेख गर्दै साँठगाँठ गरेर चुनाव लड्ने प्रवृत्तिले कुनै पनि दलको बहुमत नआउने र मुलुक अस्थिरतामा जाने उनले बताए ।

रास्वपा कोहिसंग गठबन्धन नगरी एक्कै चुनाव लड्ने सभापति लामिछानेले प्रष्ट पारे ।

प्रकाशित : १९ चैत्र २०७९, आइतबार ००:००