काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष चिन्तामणि पौड्यालमाथि कुटपिट भएको छ । कोशी प्रदेशको नामकरणको विषयमा आन्दोलन गर्दै आएका पहिचानवादीहरुले अध्यक्ष पौडेललाई कुटपिट गरेका हुन् ।
पहिचानवादीहरुले तालबन्दी गर्ने क्रममा उनीहरुले पौडेललाई कुटेका हुन् । उनी सामान्य घाइते भएका छन् । पहिचानवादीले कार्यालय किन खोलेको भन्दै हातपात गरेको प्रत्यक्षदर्शीले बताए ।
सोक्रममा प्रहरीले आन्दोलनकारीमाथि बल प्रयोगसमेत गरेको छ ।
उनले आफूमाथि कार्यलयमा हातपात भएको नेपाल बताए । वडाध्यक्ष पौड्यालले आफूलाई कुटपिट गर्नेविरुद्ध कारबाहीको माग गर्दै उर्लाबारी प्रहरी गुहारेका छन् ।
प्रतिक्रिया