२९ आश्विन २०८१, मंगलबार । October 16, 2024

Breaking

बालुवाटारमा नेपाली कांग्रेस सहित चार दलका शीर्ष नेताबीच छलफल जारी



काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाका शीर्ष नेताहरुकोे बैठक जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपतिको उम्मेदवार सम्बन्धि छलफलमा शीर्ष नेताहरु जुटेका हुन ।

राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा मनोनयन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति निर्वाचन नजिकिएसंगै दलहरुबीच रस्साकस्सी जारी छ । राष्ट्रपतिको निर्वाचनकै कारण बर्तमान सत्तासमिकरणमा समेत फेरबदल आउने सक्ने आंकल समेत गरिएको छ ।

नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति निर्माण गर्ने बताएपछि सत्तारुढ दलहरुमा खटपट सुरु भएको हो । ।
केहि दलहरुले यहि मौकामा पुरानो पाँच दलिय गठबन्धन व्यूँताउने समेत बताउँदै आएका छन् ।

प्रकाशित : १२ फाल्गुन २०७९, शुक्रबार ००:००