काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ ।
आज बिहान भएको भेटमा आसन्न राष्ट्रपति चुनाव र सरकारको काम कारबाहीको विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।
राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदैछ । सरकार गठनका बेला राष्ट्रपति एमालेको भागमा परेको छ । तर पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने धारणा सार्वजनिक गरेपछि एमाले सशंकित छ ।
प्रतिक्रिया