काठमाण्डौ । क्रिकेटर सन्दिप लामिछानेलाई नाबालिका बलात्कार आरोपमा धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकै दिन नेपाल क्रिकेट संघ (क्यान) ले सन्दिपको नलम्बन फुकुवा गरेको छ ।
कानुन व्यवसायीको परामर्शमा मंगलबार पोखरामा बसेको क्यान बोर्ड बैठकले नेपाल भित्र क्रिकेट खेल्न पाउने गरि फुकुवा गरेको हो ।
निलम्बन फुकुवा भएपनि उनी तत्काल राष्ट्रिय टिममा पर्ने छैनन् । लामिछानेको फुकुवा गर्ने निर्णयको विरोध गर्दै क्यान अध्यक्ष सहित पाँच जनाको राजिनामा माग गर्दै सात केन्द्रीयले बैठक बहिष्कार गरेका थिए ।
प्रतिक्रिया