काठमाडौं । सबै सरकारी वेबसाइट डाउन भएको छ । सर्भरमा आएको समस्याका कारण सबै सरकारी वेबसाईटहरु काम नगर्ने भएका छन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरबारका अनुसार शनिबार बिहानैदेखि सर्भरमा समस्या देखिएपछि मध्यन्हबाट डाउन भएको हो । सरकारी सर्भर ह्याकरको आक्रमणमा परेको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रतिक्रिया